विश्वकपकाे क्षेत्रीय छनाेट प्रतियाेगिताकाे लागि १४ सदस्यीय महिला टोली छानिए, काे काे परे छनाेटमा ?


 


nepalकाठमाडौं असोज १६

राष्ट्रिय खेलकुद परिषदले आगामी अक्टोबर ९ तारिखबाट हङकङमा हुन गइरहेको आइ सि सि महिला बिश्वकपको एशिया क्षेत्रीय छनोट प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलिको छनोट गरि आइ सि सि मा अनुमोदनको लागि सिफारिस गरेको छ।आइ सि सि बाट प्रमाणित भएपछि मात्र आधिकारिक हुने भन्दै छनोटमा परेका खेलाडीहरुको नाम सार्बजनिक गरिएको छैन।

कप्तानको जिम्मेवारी पाएकि रुबिना क्षेत्री यसअघि पनि नियमित कप्तानको भुमिका निभाउदै आएकी थिइन।नियमित उपकप्तान ममता थापा छनोटमा नपरेपछी उपकप्तानको जिम्मेवारी नेरि थापालाई दिइएको हो।केही पुराना खेलाडीले टिममा कमब्याक गरेका छन भने केही नया अनुहारलाई समेत टिममा समाबेश गरिएको छ।बिगत एक महिना अगाडीबाट प्रशिक्षक राजु बस्नेतले क्लोज क्याम्पमा खेलाडीहरुको अभ्यास गराउदै आएका थिए।

काे काे छनाेटमा परे ?

रुबिना क्षेत्री (कप्तान)
नेरि थापा (उपकप्तान)
निरा राजोपाध्याय
सीता राना मगर
इन्दु बर्मा
रोशनी बोहोरा
रश्मि शर्मा
सरस्वती चौधरी
सरिता मगर
करुणा भण्डारी
काजोल श्रेष्ठ
निर्मला शाहि
सबनम राइ
ज्योती पाण्डे

बैकल्पिक

लक्ष्मी चौधरी
अनुराधा चौधरि
संगीता राइ
शोभा आले

प्रकाशित मिति: १६ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्