नेकपा विवाद: सचिवालय बोलाउन माग


 


काठमाडौं, साउन ३१
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका छन् । नेकपा नेतृत्व विवाद समाधान उन्मुख भइरहेका बेला शीर्ष तीन नेताले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका हुन् ।

शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा यस विषयमा छलफल भएकाे हाे। शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको कार्यदेशमााथि जिज्ञासा राख्दै नेताहरुले अध्यक्ष प्रचण्डसँग सचिवालय बैठकको माग गरेका हुन् ।

पौडेल नेतृत्वको कार्यदल सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् । कार्यदल गठनलाई शंकाको दृष्टिले हेर्दै नेताहरुले कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक माग गरेको स्रोतको दाबी छ।

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्