बालुवाटार वार्तापछि प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता
काठमाडौं, साउन २९
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड सहितका नेता छुट्टै छलफलमा जुटेका छन् ।
काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।
छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठ सहभागी भएको श्रोतले बतायाे । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ । यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।
प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार