पत्रकार सम्मेलन चलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्प सुरक्षित स्थानमा
काठमाडौं, साउन २७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ ।
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । उनलाई अमेरिकी सेक्रेट सर्भिसका कर्मचारीले पत्रकार सम्मेलन स्थलबाट भित्र लगेका थिए ।
केहि बेरमा फेरी पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले सुरक्षा अधिकारीहरुले कुनै संकास्पद व्यक्तिमाथि गोली चलाएको बताएका छन् । सुरक्षा अधिकारीहरुले शंकास्पद व्यक्ति प्रोफेसनल शुटर रहेको बताएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलबार