भारतमा विमान दुर्घटना, २० जनाको मृत्यु


 



नयाँ दिल्ली
भारतको केरलामा एयर इन्डियाको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित
२० जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार १९० जना यात्रु रहेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना भएको हो ।

बोइङ ७३७ जेट विमान दुबईबाट कोरोनाका कारण त्यहाँ फसेका नागरिकलाई लिएर फर्किएको थियो। 

शुक्रबार बेलुकी करिब ७स् ४० बजे विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नागरिक उड्ययन प्राधिकरण प्रमुख अरुण कुमारका अनुसार विमान तीव्र गतिमा अवतरण गर्दा दुर्घटना हुन पुगेको हो।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्