लेबनानको राजधानी बेरुतमा भयानक विष्फोट


 



काठमाडौं, साउन २१
लेबनानको राजधानी बेरुतमा भयानक विस्फोट भएको छ । विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको हो ।

विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीले
बताएका छन् ।

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।

विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो । विष्फोट कसरी भयो भन्ने जाँच भइरहेको अधिकारीहरुले बताएका छन् ।

सामाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्