बँदेलको विद्युतीय पासोमा फसेका भाईलाई छुटाउन खोज्दा दाई पनि फसे, दुबैको मृत्यु


 


फायल तस्वीर

दाङ, साउन १९

दाङमा मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतीय पासोमा परेर दुई दाजुभाईको मृ्भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाई तेजबहादुरको मृत्यु भएको हो ।

मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो ।

थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका उनीहरुका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्