श्रमिककाे पक्षमा काठमाडाैँमा प्रदर्शन


 


काठमाडाैँ, साउन १६
जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा महासंघले संयुक्त रूपमा विराेध र्याली निकालेका छन्।

माइतीघर मण्डलाबाट सुरू भइ बानेश्वरसम्म प्ले कार्ड बाेकी नारा लगाउँदै पुेगेकाे उक्त र्याली काेण सभामा परिणत भएकाे थियाे। काेण सभालाइ ६ वटै ट्रेड युनियन महासंघले सम्बाेधन गरेका थिए। काेणसभालाइ सम्बाेधन गर्दै समाजवादी ट्रेड युनियनका महासंघका अध्यक्ष लालध्वज नेम्वाङले वर्तमान सरकार श्रमिक विराेधी भएकाे बताए।

उनले श्रमिकहरूलाइ लकडाउनकाे बेला राहत दिनुपर्ने सरकारले उल्टै आहात गरेकाे बताए। उनले काेराेना भाइरसकाे निहुँमा सरकारका जिम्मेवार व्यक्तीहरू कसले धेरै कमिशन कुम्ल्याउने भन्ने प्रतिस्पर्धामा लागेकाे बताए।

ट्रेड युनियनका नेताहरूले काेराेनाकाे त्रासदी र लकडाउनले नेपाली श्रमिक वर्गकाे जिवन धेरै ठुलाे संकटबाट गुज्रिरहेकाे र यस्ताे अवस्थामा उनीहरूकाे तलब सुविधा कटाैती, श्रमिकहरूलाइ राेजगारी निष्कासन, श्रमिकहरू आत्महत्या र मृत्युकाे स्थिती आउँदासम्म राज्य र सराेकारवाला निकाय समाधानकाे सट्टा उल्टै धम्की दमन तथा कारवाहीकाे गर्ने नीति लिएकाे भन्दै कडा विराेध गरे। नेताहरूकाे श्रमिक विराेधी सम्झाैताविरूद्द बाेलेका थिए।

वक्ताहरूले सरकार, राेजगारदाता र ट्रेड युनियनहरूकाे हतार हतारमा गाेप्य सम्झाैता गरेर अाफूहरूलाइ सहभागी नगराइएकाे प्रति समेत आपत्ति जनाए। उक्त संयुक्त विराेध कार्यक्रममा स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष खेगेन्द्र प्याकुरेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष मेघ बहादुर खत्री, नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्की, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाइश्वर तिमिल्सेना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ तथा अान्दाेलनरत श्रमजिवी पत्रकारकाे तर्फवाट एक प्रतिनिधीले काेणसभामा सम्बाेधन गरेका थिए। उक्त विराेध र्यालीकाे सञ्चालन समाजवादी ट्रेड युनियन महासंघका महासचिव डिवी सराेज राइले गरेका थिए ।

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्