उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की, समितिको बैठकमा गरे खुलासा


 



काठमाडौं, साउन १५
उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।मन्त्री भट्टले आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेरै ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

उनले आफू एमसीसीको पक्षमा बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको दाबीसमेत गरेका छन् । संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘मलाई बझाङबाट फोन गरेर एकजनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभएको छ’ उनले भने, ‘मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दाचाहिँ अध्ययन गर्ने मेरो काम होइन भन्नुभयो।’

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्