‘कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी’


 


काठमाडौं, साउन १४
कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी रहेकाे फेरि पनि चर्चा चलेकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएपछि यसकाे चर्चा सुरू भएकाे हाे।

साेही क्रममा आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । उनले ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग भने, ‘जब मैले कुनै चीज प्रस्ताव गर्छु, त्यसलाई इन्कार गर्न रुचाइन्छ ।’

हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ । ट्रम्पले भने यो औषधि कोरोना संक्रमितलाई पनि प्रभावकारी हुने दोहोर्याएका छन् ।ट्रम्पले सबैभन्दा पहिले गत मार्च महिनामा कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि उपयोग गर्न सकिने बताएका थिए ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्