भारतमा मास्क नलगाई हिंड्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना


 


नयाँ दिल्ली, साउन १
भारतमा काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन कडाई गरिएकाे छ। मास्क नलगाउनेलाई भारतीय रुपैयाँ ५० देखि एक लाखसम्मकाे जरिवाना ताेकिएकाे भारतीय संचार माध्यम दैनिक भास्करले जनाएकाे छ।

काेराेनाकाे संक्रमण दिनदिनै तीव्ररुपमा फैलिएपछि भारतका विभिन्न राज्यमा यस्ताे जरिवाना ताेकिएकाे हाे। मास्क नलगाई बाहिर हिंड्नेलाई बंगालमा ५० भारतीय रुपैयाँ, दिल्ली र महाराष्ट्रमा एक हजार भारतीय रुपैयाँ र झारखण्डमा एक लाख रुपैयाँसम्म जरिवाना ताेकिएकाे छ।

झारखण्डमा जरिवानासँगै जेल सजायसम्म हुनसक्ने गरी आदेश समेत जारी गरिएकाे छ।

प्रकाशित मिति: १० श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्