स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, साउन ७
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
इनफ इज इनफका अभियन्ताहरूले आरडिटी पिसिआर किट खरिदलगायतमा अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्री ढकाललगायत मन्त्रालयका अधिकारीमाथि छानबिन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।
अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरी कोभिड १९ व्यवस्थापनमा मन्त्रालयले गरेको पूर्ण खर्चको विवरणसमेत माग गरेका थिए ।
उनीहरुले ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुक महेन्द्र श्रेष्ठमाथिसमेत छानबिन गर्न माग गरेका हुन् ।
प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार