विवाह मण्डपमै दुलहीको मृत्यु ! गाउँमै छायो सन्नाटा


 



काठमाडौं । मानिसको मृत्यु निश्चित छ तर मिति अनिश्चित । विवाह मण्डपमै दुलहीको मृत्यु भएको घटना सुनिकएको थिएन होला यसअघि । तर, भारतको उत्तर प्रदेशकी एक १९ वर्षीय युवतीको आफ्नो विवाहमा मण्डपमै मृत्यु भएको छ ।

विबाह चलिरहँदा नै विनिता मण्डपमा नै लडिन् ।बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगे तर उनले आफ्नी पत्निलाई घर लैजान भने पाएनन् । दुलही मण्डपमै ढलेपछि तत्कालै माइती र बेहुला पक्षले विनितालाई अस्पताल पुर्याएपनि अस्पतालले कोरोना परिक्षणको रिर्पोट ल्याउन भन्दै दुस्ख दियो ।

विनिताकाको माइती पक्षले सक्दो कोशिस गरे पनि अस्पतालले भर्ना नगरेपछि उनको निधन भयो । निधनपछि बेहुला भक्कानिँदै रोए भने माइती पक्षमा सन्नाटा नै छायो । विनिताको निधनपछि गाउँ नै शोकमा डुबेको छ भने सबै स्तब्ध बनेका छन् ।

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्