भारतमा एकैदिन संक्रमितकाे संख्या ३९ हजार नजिक


 


काठमाडौं, साउन ४
भारतमा एकै दिन कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणसँगै परीक्षण संख्या पनि बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले बताएको छ । अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्