आज साउन ३ गते शनिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजक रहनु होला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मानसिक चिन्तापनि बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामाजिक कार्यमा मन जाला । मनपरेको खनेकुराका परिकार खान पाईनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाईनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार