ओलीलाई दुबै पदबाट हटाउन प्रचण्ड–माधवकाे जाेड


 


काठमाडौं, साउन २
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारीअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालेको छ । प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली,  अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच  विना निष्कर्ष छलफल सकिएपछि  खुमलटारमा प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरुको भेला भएको थियो  ।

खुमलटार भेलामा सचिवालय सदस्यहरु झलनाद्वारा थ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।

तीन नेताबीच सहमति नजुटेका कारण अब अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउने निष्कर्षमा उनीहरु पुगेका हुन ।

भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ । बिहीबार बालुवाटारमा भएको वार्तामा प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर, ओलीले कुनै हातलमा राजीनामा नदिने बरु बहुमतले निर्णय गरेर हटाउन चुनौती दिएका थिए ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्