घरेलु मैदानमै हार्यो बार्सिलोना, मेस्सीको गोलले पनि पुगेन


 



काठमाडौं, साउन २
स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २/१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमै बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग पराजित भएको हो । खेलको १५औं मिनेटमा जोसे अर्न्नेजले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए । ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १/१ गोलको बराबरीमा फर्काए ।

तर, खेलको इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गर्दै ओसासुनालाई २/१ को जित दिलाए । सअघि खेलको ७७औं मिनेटमा एन्रिक गाल्लेगोले रातो कार्ड पाउँदा ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै बार्सिलोना च्याम्पियन रियल मड्रिड भन्दा ७ अंकले पछि परेको छ । बार्सिलोनाले ३७ खेलमा ७९ अंक जोडेको छ । रियलको ८६ अंक रहेको छ । हारपछि लियोनल मेस्सीले सोचे अनुरुप खेल्न नसकेको बताएका छन्। हारमा आत्मआलोचना गर्दै उनले आफूहरुले जीतका लागि खेल्नु पर्ने बताएका छन्।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्