चीनका सम्भावित आक्रमण रोक्न ताइवानको रक्षा परीक्षण


 


एजेन्सी, ;साउन १
चीनसँगको विवाद बढ्न थालेसँगै ताइवानले पाँच दिने फायर-वार गेमको अभ्यास गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ताइवानले यसलाई चीनको सम्भावित आक्रमणलाई प्रतिरोध गर्नसक्ने गरी यो अभ्यास गरिएको हो । ताइवान सेना प्रमुख हुआङ सु-कुआङले सोमबारदेखि वार्षिक अभ्यास सुरु गरेको हो ।

सैन्य स्रोतका अनुसार पहिलो दिन पीपुल्स लिबरेशन आर्मीको मिसाइल आक्रमण ताइवानमा कमाण्ड सेन्टरहरू, एयरपोर्टहरू र सैन्य अड्डाहरूलाई लक्षित गरिएको र त्यसको प्रतिरोधका लागि अभ्यास गरिएको जनाइएको छ ।

“हामी हाम्रो सुरक्षा बललाई रक्षात्मक क्षमताका बारेमा अभ्यास गराइरहेका छौं । हाम्रो रिजर्भ फोर्स कसरी तयारी अवस्थामा छ र हुनेछ भन्‍ने पनि अभ्यास गर्नेछौं,” नाम नखुलाउने शर्तमा स्रोतले भन्‍यो ।

दशकौंदेखि चीन सरकारले ताइवानमा दाबी गरिरहेको छ । जसका कारण संयुक्त राष्ट्र संघले ताइवानलाई छुट्टै मुलुकको रुपमा मान्यता दिएको छैन ।

यसअघि चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेसँगै हङकङबाट निर्वासनमा जान चाहने हङकङबासीलाई ताइवानले स्वागत गर्ने जनाएको थियो । तर, चीनले ताइवानलाई हङकङबासीलाई शरण नदिन पनि चेतावनी दिएको थियो । 

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्