बेइजिङ कडा बनेसँगै फिलिपिन्सका राष्ट्रपतिडुट्रेटको यू-टर्न


 


एजेन्सी, साउन १
चीनले आफ्नो नीतिमा कडाइ गरेसँग चीनप्रतिको यअघिका शासको नीतिमा फिलिपिन्स यू-टर्न भएको छ । फिलिपिन्सका राष्ट्रपति रोबेर्टो डुट्रेट पूर्णरुपमा यू-टर्न लिएका हुन् । यसअघि पूर्वराष्ट्रपति बेनिग्‍नो सिमिओन एक्वीनो तेस्रोले स्कारबोरोफ शोअल र स्पार्ट्ली टापुका विषयमा चीनलाई अन्तर्राष्ट्रिय अदालतमा पुर्‍याएका थिए । दुबै टापुहरुमा तेल तथा प्राकृतिक ग्यासको स्रोत भएको बताएको थियो र उक्त टापुहरु महत्वपूर्ण रणनीतिक मूल्यका रुपमा लिइएका थिए ।

फिलिपिन्स र अमेरिकालाई त्यहाँ चिनियाँ सैन्य उपस्थिति बढाउने र नजिकै कृत्रिम टापु बनाएको चिन्ता बढ्नुका साथै फिलिपिन्सको ध्यानकर्षण भएको जनाइएको थियो । तर, पछिल्लो समय चीनले फिलिपिन्समा मनोमानी गरिरहेको छ । विज्ञहरुले बेइजिङले डुट्रेटलाई ठूलो पैसा खर्च गरेका कारण यस्ता विषयहरुमा उनी नबोलेको बताएका छन् । “चीनले अघिल्ला शासकहरुजस्तो फिलिपिन्समा अब नहोस् भन्‍ने चाहन्छ । सन् २०१६ को निर्वाचनमा पनि चीनले डुट्रेटलाई जिताउनका लागि ठूलो पैसा लगानी गरेको थियो,”पूर्व कूटनीतिज्ञ अनिल वाडवाले भने ।

विश्लेषकहरुले पनि अघिल्ला शासकहरुभन्दा बढी नै प्रो-चाइनिज भएको बताएका छन् । उनी आफू चीनको मान्छे भएको प्रमाणित गर्न र चीनलाई खुसी पार्नका लागि उनले सन् २०१६ को जुनमा निर्वाचन जितिसकेपछि थुप्रै चिनियाँ हितमा हुने राष्ट्र अहितका कामहरु गरेका थिए । फिलिपिन्सको सुरक्षाका लागि अमेरिकी सेना फिलिपिन्समा पनि रहेको छ । साउथ चाइना सीमा अवैध गतिविधि रोक्नका लागि अमेरिकी सेना उक्त क्षेत्रमा पनि रहनुपर्ने आवश्यकता बढेको छ । यदि अमेरिकी सेना फिर्ता भएमा बेइजिङका लागि ठूलो जित हुनेछ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्