ताइवानले भन्याे – दलाई लामालाई ताइवान भ्रमणका लागि स्वागत छ


 


एजेन्सी, असार ३०
निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई ताइवान भ्रमणका लागि विदेश मन्त्रालयले स्वागत गर्ने बताएको छ ।

अमेरिकी लगानी रहेको अन्तर्राष्ट्रिय प्रसार कर्पोरेशन रेडियो फ्रि एसियाले ताइवानको अधिनमा लागु हुने गरी भ्रमणको आग्रह गरिएमा स्वीकार गरिने विदेश मन्त्रालयले जनाएको छ ।

ताइवानको विद्श मन्त्रालयका प्रवक्ता जोआने ओउले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “दलाई लामालाई ताइवानमा स्वागत छ । उहाँलाई बुद्धिस्ट प्रशिक्षणका लागि उहाँको आवश्यकता छ ।”

दलाई लामाको तर्फबाट हुने भ्रमणको आग्रहलाई पारस्पारिक सम्मान र द्विपक्षीय समझदारीका आधारमा स्वागत गरिनेसमेत जनाइएको छ ।

सन् २००९ मा दलाई लामाले ताइवान भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा चीन आक्रोशित बनेको थियो । चीनले दलाई लामालाई पृथकीकरणको खतराका रुपमा लिएको छ । दलाई लामा अहिले निर्वासनका क्रममा भारतमा रहेका छन् ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्