भारतले चाँडै ताइवानमा लागि नयाँ प्रतिनिधि घोषणा गर्ने


 


एजेन्सी, असार ३०
भारतले चाँडै ताइवानका लागि नयाँ प्रतिनिधि घोषणा गर्ने भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार वरिष्ठ कुटनीतिज्ञ गउराङगलाल दासलाई ताइवानका लागि पठाउने तयारी भइरहेको छ ।

दास अहिले विदेश मन्त्रालयमा अमेरिकी विभाग सम्हालीरहेका छन् । दासलाई ताइवानका लागि भारतीय प्रतिनिध अर्थात इन्डिया ताइपेइ एसोसियसनका महानिर्देशक भएर जानेछन् ।

उनले यसअघि बेइजिङमा रहेरसमेत काम गरेका थिए । मनमोहस सिंहको कार्यालयमा विदेश विभाग सम्हालेमा दासले वाशिङ्टनमा रहेरसमेत काम गरेका थिए । भारतमा अहिलेसम्म ताइवानसँग कुनै औपचारिक कुटनीतिक सम्बन्ध छैन ।

तर, चीनसँगको विवाद चर्किएपछि भारतले ताइवानमा आफ्ना गतिविधि बढाएको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्