सुरक्षा कानुन लागु गराउन हङकङमा चिनियाँ एजेन्सी


 


हङकङ, असार ३०
चीन हङकङका लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै हङकङमा नयाँ सुरक्षा एजेन्सी स्थापना गरिएको छ । यस एजेन्सीमार्फत् चीन र नयाँ कानुको आलोचनालाई रोक्नु पहिलो काम हुने जनाइएको छ ।

कार्यालय बुधबार बिहान उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा हङकङ नेतृ क्यारी लाम र सुरक्षा प्रमुख ‘हार्डलाइनर’ चेङ याङसेङ सहभागी थिए ।

चेङ चीनको दक्षिणी क्षेत्र वुकानमा भएको भूमि विवादपछि उत्पन्‍न आन्दोलनलाई दबाउन उत्कृष्ट भूमिका खेलेकाले अहिले हङकङको सुरक्षा प्रमुखका रुपमा पठाइएको जनाइएको छ ।

कार्यालय बाहिर चीनको झण्डा राखिएको छ भने बम डिस्पोज युनिटसहितको सुरक्षा व्यवस्थाको बन्दोबस्त मिलाइएको छ । नयाँ कानुनले परिभाषित गरेको अपराधको अनुसन्धानमा यस कार्यालयका कर्मचारीले बिना अनुमति व्यक्तिहरुमाथि छानबिन गर्न पाउनेछन् ।

उक्त अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई चीन पठाउने अधिकार पनि दिइएको छ ।

नयाँ कानुन लागु हुनुअघि हङकङ चीनको एक भाग थियो तर चिनियाँ नीतिअन्तर्गत थिए । तर, उक्त कानुनले हङकङलाई चिनियाँ नीति अन्तर्गत आउन बाध्य बनाएको छ । तर, अधिकारीहरुले भने यस कानुनले हङकङको स्थायित्व हुने जनाएका छन् ।

हङकङ नेतृ क्यारी लामले भनिन्, “नयाँ कानुनले वास्तवमै राष्ट्रिय सुरक्षामा ध्यान दिएको र हङकङबासीको स्वतन्त्रताको अधिकारको स्वच्छ अभ्यास र कुनै आक्रमणको सामना गर्नु पर्नछैन ।”

चीनले हङकङमाथि लागु गरेको यो कानुनको चौतर्फी आलोचना भइरहेको छ । तर, चीनले भने उक्त आलोचनालाई चीनको आन्तरिक मामिलमाथि भएको हस्तक्षेपको रुपमा व्याख्या गरेको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्