कराँते खेलाडी पत्नीसंग झगडा पर्दा…


 



काठमाडौं, असार २७
भारतमा एक महिला कराँते खेलाडीले कुटपिट गरेर श्रीमानको एउटा खुट्टा भाँचिदिएकी छिन् ।

सामान्य झगडाका क्रममा श्रीमतीले श्रीमानको एउटा खुट्टा नै भाँचिदिएकी हुन् । त्यसपछि श्रीमतीले पिटेको डरले उनले प्रहरीलाई बोलाएका थिए । श्रीमतीले झगडाका क्रममा खुट्टा भाँचिदिएको र शरीरका बिभिन्न अंगमा प्रहार गर्दा रगत जमेको प्रहरीसँगको बयानमा भनेका छन् ।

श्रीमतीले खुट्टा भाँचिदिएपछि उनका पिताले ह्विल चियरको सहायतामा उनलाई अस्पताल पुर्याएका थिए । श्रीमतीले उनलाई यो भन्दा पहिला पनि कुटपिट गरेर टाउकोमा चोट पुर्याएकी थिइन् । उनीहरुबीच डेढ वर्ष अगाडि मात्रै प्रमे विवाह भएको थियो ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्