बन्दे भारत मिसनअन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीय स्वदेश फर्किए


 


एजेन्सी, असार २६
विश्‍वव्यापी कोरोना महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका भारतीयहरु स्वेद फर्किएका छन् । भारतीय नागरिक उडड्यन मन्त्री हरदीप सिंहका अनुसार बन्दे भारत मिसन अन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीयलाई विभिन्‍न मुलुकबाट उद्धार गरेर स्वदेश फर्काइएको जानकारी दिएका छन् ।

“बन्दे भारत मिसन विदेशमा अलपत्र परेका भारतीयहरुका लागि आशा र खसीको अभियान बनेको छ । बन्दे भारत मिसनको उद्धार उडानमार्फत एक लाख २५ हजारभन्दा बढी भारतीयहरु स्वदेश फर्किएका छन् । त्यसैगरी भातरबाट करिब ४३ हजार विदेशीहरु फर्किएका छन्,” मन्त्री पुरीले भने ।

भारतले सरकारले ६ मेमा बन्दे भारत मिसन सुरु गरेको थियो । जसको उद्देश्य विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउने रहेको थियो । २३ मार्चदेखि भारतमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।

मिसनको चौथो चरणअन्तर्गत जुलाई ४ देखि १५ सम्म तोकिएको छ । जसअन्तर्गत १७० उडान हुने बताइएको छ । ती उडानहरु क्यानडा, अमेरिका, बेलायत, केन्या, श्रीलंका, फिलिपिन्स, क्रिगिस्तान र साउदी अरब, बंगलादेश, थाइल्यान्ड, रुस, दक्षिण अफ्रिका, म्यानमार, जापान, युक्रेन र भियतनाममा हुने एयर इन्डियाले जनाएको छ ।

जसमा ३८ उडानहरु भारत-बेलायत र ३२ वटा उडानहरु भारत-अमेरिका हुने जनाइएको छ । त्यसैगरी २६ वटा उडानहरु भारत-साउदी अरब हुने जनाइएको छ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्