प्रचण्डलाई ‘सेक्युरिटी थ्रेट’ !


 


काठमाडाैं, असाेज १३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।  मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ ।प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधन चलाउन राेकियाे ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो । उनी सहभागी सबै कार्यक्रममा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए ।

सुरक्षाकै कारण प्रधानमन्त्री प्रचण्ड बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् ।  यसअघि जिल्ला जादा उनी होटेलमा बास बस्ने गरेका थिए । चितवनमा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डलजे चैतमै चुनाव हुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताएका थिए । याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित भएकाे हाे ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्