आठ प्रहरीको हत्या गर्ने विकास दुबेकाे इन्काउन्टर!


 


एजेन्सी, असार २६
आठ प्रहरीको हत्याका याेजनाकार विकास दुबेबीच मुठभेड भएकाे खबर बाहिर आएकाे छ। मुठभेडमा गम्भीर रूपमा घाइते भएका विकास दुबेकाे ज्यान गएकाे स्राेतलाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन्।

अहिले कुनै अधिकारिक पुष्टि नभएकाे भारतीय सञ्चार माध्यम आज तकले जनाएकाे छ। विकास दुबेलाई लाला लाजपत राय अस्पताल ल्याइएको छ। महत्त्वपूर्ण कुरा, विकास दुबेलाई कानपुर ल्याउने एसटीएफ काफिलेको ट्रेन आज बिहान दुर्घटनाग्रस्त भएकाे हाे। यो दुर्घटना कानपुर टोल प्लाजाबाट २५ किलोमिटर टाढा भएको थियो।

भनिन्छ कि जब कार दुर्घटनाग्रस्त थियो भने विकास दुबे हतियार खाेसेर भाग्न खाेजेका थिए घटनास्थलबाट सात किलोमिटरको दूरीमा विकास दुबे र प्रहरीबीच भिडन्त भयो। यस भिडन्तमा विकास दुबे गम्भीर घाइते भएपछि ज्यान गएकाे हाे। अझै आधिकारिक पुष्टि छैन।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्