सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, आज पनि बढ्यो भाउ


 



काठमाडौं, असार २५
नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्