भारतमा अर्का अभिनेता सुशील गौडाले गरे आत्महत्या


 



भारतीय टेलिभिजन कलाकार तथा अभिनेता सुशील गौडाले कर्नाटकमा आत्महत्या गरेका छन्। पछिल्लो समय घरमै रहेका उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। गौडा करनाटकका चर्चित अभिनेता हुन् ।

मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पिटिआइले जनाएको छ । प्रहरीले गौडाको मृत्युको कारण स्पष्ट नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छर सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्