ओली-प्रचण्ड वार्ता: के भयो सहमति ?


 



काठमाडौं, असार २५
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार पाँचौ पटक
वार्ता भएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्नको लागि भएको वार्तामा कुनै ठोस सहमति जुट्न सकेन । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा प्रचण्डले अडान राखेपछि निरन्तरतको वार्ता विफल हुँदै आएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार साँझ झण्डै २ घण्टा छलफल भएपनि सहमतिको खोजी अझै हुन नसकेको बताइएको छ । यद्यपि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताए ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भएपनि सहमति हुन सकेको छैन । अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् ।

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्