सरिता गिरीलाई कारबाही गरेको पत्र पुग्याे संसदमा


 


काठमाडौं, असार २४
समाजवादी पार्टीले सरिता गिरीलाई गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

लिम्यिाधुरासहितको नेपालको नयाँ नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह स्वीकार नगरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

कानुनी प्रक्रिया मिले नमिलेको हेरेर संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्ने र सभामुखबाट निर्णय भएपछि सांसद पद निलम्बनबारे सूचना जारी गर्ने सचिवालयले जनाएको छ ।

गिरीलाई कारबाही गरिएको पार्टीको पत्र लिएर समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत संसद् सचिवालय पुगेका थिए ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्