अमेरिकी दूतावासमा फेरि रकेट हमला


 


इराकस्थित अमेरिकी दूतावास

बगदाद: इराकको राजधानी बगदादको ग्रिन जोन इलाकामा अमेरिकी कूटनीतिज्ञ तथा सैन्य ठाउँलाई निसाना बनाएर दुईवटा रकेट बम हमला गरिएको छ ।

इराकी सुरक्षा बलले पहिलो हमला ग्रिन जोनमा रहेको अमेरिकी दूतावास छेउमा र दोस्रो बगदाद नजिकै रहेको सैन्य अड्डालाई निसाना बनाएर गरिएको थियो ।

सेनाका अनुसार रकेट ग्रिन जोनभन्दा केही पर रहेको एउटा घरको नजिक पुगेर झरेको थियो । दूतावासमा भने कुनै असर परेको छैन । हमला असफल बनेका छन्

उक्त हमलाबाट घरमा क्षति पुग्नुका साथै एक बालक घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अक्टोबरदेखि अहिलेसम्म अमेरिकी कूटनीतिज्ञ तथा सुरक्षा बलप्रति तीन दर्शनभन्दा बढी मिसाइल हमला भइसकेका छन् ।

अमेरिकाले यसका लागि इरान समर्थित लडाकुहरूलाई दोष दिएको छ । तर इरान समर्थित समूहले उक्त हमलामा सहभागी नभएको बताएको छ । बीबीसी

प्रकाशित मिति: २२ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्