ओली–प्रचण्डकाे वार्तामा भयाे यस्ताे सहमति


 


काठमाडौं, असार २१
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने गरी वार्ता भएकाे छ। आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको हाे ।

स्राेतका अनुसार सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ । छलफलमा दुबै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति देखिएको र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् ।

वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकापसमा आशंका र दुरी बढ्दै गइरहेको छ । सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा अशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हठाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।तर, सोमबारको छलफलबाट अब यस्ता आशंका जन्माउने काम नगर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

नेकपा स्रोतका अनुसार सोमबार विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति भएको छ । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्