प्रधानमन्त्री ओलीको पक्षमा कैलालीमा पनि प्रदर्शन


 



धनगढी, असार २१
कैलालीको घोडाघोडीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ । भारतीय चलखेलमा प्रधानमन्त्री ओलीलाई संकटमा पार्ने काम भइरहेको र सरकार ढाल्न खोजिएको भन्दै सुखडमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शनमा उत्रिएका युवाले भारतको विपक्षमा नारा लगाएका थिए । सरकार ढाल्न पाईदैन,अस्थिरता चाहिदैन, भारतीय दलाल होसियार जस्ता नारा लगाएका थिए । विषम परिस्थितिमा जनताका पक्षमा लडेका नेतालाई षडयन्त्रपूर्वक हटाउन देशी विदेशी शक्ति लागेकाले स्वतस्फूर्त प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा संघका नेता सहभागी थिए । यस अघि बिभिन्न जिल्लाहरुमा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्