प्रतिपक्षीको नाराबाजीकाबीच प्रदेशसभा बैठक सञ्चालन


 



धनगढी, असार २१
प्रतिपक्ष दलको नाराबाजीकाबीच पनि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक सञ्चालन भएको छ । सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले नाराबाजी गरेका थिए।

विरोध र बेल घेराउकैबीच सभामुखले आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेश गरेका छन् । विरोधकाबीच पनि सभामुखले बैठक सञ्चालन गर्दै पेश गरिएको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

आजको बैठकमा सभामुखले सुदूरपश्चिम खेलकूदसम्बन्धी विधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए। प्रदेशसभाको अर्को बैठक २२ गते बोलाइएको छ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्