काभ्रेमा कांग्रेस र माओवादीका सयौं युवा एमालेमा प्रवेश


 


uml-kavreकाभ्रे, असोज १२ । काभ्रेमा विभिन्न पार्टीका सयभन्दा बढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काभ्रेको विकास, समृद्धि र उन्नतिका लागि एमालेले उल्लेखनीय कार्य गरेको भन्दै बुधबार माओवादी, कांग्रेस, फोरम लोकतान्त्रिक लगायतका सक्रिय युवाहरू एमाले प्रवेश गरेका हुन् ।

काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमबीच कञ्चन अधिकारीको प्रमुख आतिथ्यता तथा दिनेश ढकालको सभापतित्वमा सयभन्दा बढी युवाहरूले एमालेमा संलग्न हुने निर्णय गरेका हुन् ।

नवप्रवेशी युवारूलाई स्वागत तथा शुभकामना दिँदै प्रमुख अतिथि अधिकारीले पाँचखाल तथा काभ्रेको विकासमा युवाहरू पार्टी प्रवेशले बल पुगेको बताए ।

साथै उनले स्थानीय, प्रादेशिक तथा केन्द्रीय निर्वाचनमा एमालेलाई विजयपथमा लम्काउने अर्थात विजयी गराउने अभियानको नेतृत्व लिन सबै युवाहरूलाई आह्वान समेत गरे ।

कार्यक्रममा पुस्कर ढकाल, राजकुमार बोलखे, इन्द्रबहादुर बानियाँ, विष्णुहरी पौडेल, नारायण बोलखे, विष्णुप्रसाद चौलागाई, मानबहादुर तामाङ आदिको आतिथ्यता रहेका थियो  ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्