अमेरिकामा एकैदिनमा यति धेरैमा कोरोना संक्रमण, १६ हजारको अवस्था गम्भीर


 



काठमाडौं, असार २०
अमेरिकामा एकै दिन ५४ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८ सय ९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५ सय ८२ पुगेको छ ।

अमेरिकामा शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय १६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये १२ लाख १० हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १५ लाख ४७ हजार ५१३ जनामध्ये १५ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्