बझाङमा पहिरोले १७ घर पुरिए, ७ जना बेपत्ता


 



बझाङ, असार २०
बझाङको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेृसमा पहिराले १७ घर बगाएको छ । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराति मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए ।

उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थल तिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ ।

बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन। पहिरोले सो बस्ती नै जोखिममा परेको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्