बेपत्ता जीप खोज्न आफन्तद्वारा प्रहरीमा सम्पर्क


 


धादिङ, असार २०
बिहीबार बिहान ५ बजे काठमाडौं जान घरबाट जीप लिएर निस्केका श्रीमानले पौने ६ बजे घरमा फोन गरेर मुग्लिन कटेको बताएलगत्तै सम्पर्कविहीन भएपछि आफन्तहरुले जिल्ला प्रहरीमा सम्पर्क गरेका छन् ।

स्कारपियो किनेर रिजर्भमा यात्रु बोक्ने पेसामा लागेका पूर्वी नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ४५ वर्षीय मणिलाल पाण्डे बिहीबार बिहान यात्रु लैजान ग २ च ९१५६ नम्बरको जीप लिएर एक्लै काठमाडौं गएका थिए । बिहान पौने ६ बजे घरमा श्रीमतीलाई फोन गर्दै आफू मुग्लिन कटेको सूचना दिएका थिए ।

‘घटनास्थलको प्रकृति, मुग्लिनबाट घटनास्थलको दूरी र पुग्ने समय, जीप खसेको देख्ने महिलाले भनेको समय मेल खाएको र मणिलाल जीप बोलाएका काठमाडौंका यात्रुको सम्पर्कमा पनि नगएको, नागढुंगाको सवारीसाधन प्रवेश सूचीमा पनि नभएकोले सोही स्कारपियो हुनसक्ने प्रहरीले अनुमान गरेको’ जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

प्रहरी प्रमुखका अनुसार घटनाकाे प्रकृति हेर्दा जानाजान त्रिशूलीमा जीपसहित दुर्घटना गराएको हुनसक्ने अनुमान प्रहरीको छ ।शुक्रबार साँझसम्म पनि दुर्घटना र बेपत्ता व्यक्तिबारे केही भेउ नपाउँदा प्रहरीले दुर्घटना नै हो/हाेइन अलमलमा परेको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्