उपत्यकामा काेराेना संक्रमित बढ्न थालेपछि गृहले दियाे कडा निर्देशन


 


काठमाडाैँ, असार २०
उपत्यकामा काेराेना संक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले कडा निर्देशन दिएकाे छ। गृहले उपत्यका भित्रिने सवारी साधनमा थप कडाइ गर्न प्रहरी प्रशासनलाइ निर्देशन दिएकाे हाे । उपत्यकामा कोरोना भाइरस कोभिड–१९ को संक्रमित बढ्न थालेपछि उपत्यका भित्रिने सवारी साधन चेकजाँचमा कडाई गर्न थालिएको हो ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार उपत्यका भित्रिने नाका नागढुङगा, साँगा र फर्पिङमा चेकजाँचमा कडाइ गरिएको हो।

बिहीबारमात्रै उपत्यका बाहिरबाट बिनापास उपत्यका छिर्न खोज्ने २ सय ३४ सवारी साधन फर्काएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।

त्यसरी नै शुक्रबार बिनापास उपत्यका भित्रिन खोज्ने सवारी साधनमा कडाइ गरिएको गौतमको भनाइ छ । ३ दिन यतामात्रै उपत्यकामा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्