इन्जिनियरविरुद्ध कराेडाैंकाे मुद्धा दायर


 


काठमाडौं, असार १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

इन्जिनियर शाक्यले १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको अख्तियारको आरोप छ ।

२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ ।

यस अवधिमा उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

शाक्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा १६ को उपदफा (२) बमोजिमसमेतको सजाय गरी गैरकानूनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ विगो असुल गर्न अख्तियारले माग गरेको छ ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्