निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन


 



काठमाडौं, असार १६
निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि नेकपा एमालेका नाममा पार्टी दर्ता भएको हो ।

दुई पार्टी एक भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको खबर प्राप्त भएपछि यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठकाअनुसार यस विषयमा प्रधानमन्त्री केपी ओलीले आफू जानकार नरहेको जवाफ दिएका थिए ।

प्राप्त जानकारीअनुसार झापाका सन्ध्या तिवारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए ।

उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्