भारतमा कोरोनाको संक्रमण भयाभय बन्दै


 


काठमाडौं, असार १६
भारतमा एकै दिन १८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।

यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्