एमसीसी अनुदानकाे बारेमा अमेरिकाले खाेल्याे मुख


 


काठमाडौं, असार १५
अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ ।

सम्झौता नेपालको संसदबाट सम्झौता एमसीसी अहिलेसम्म अनुमोदन नभएकोबारे अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएको बताएको छ ।

दूताबासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छ ।’

नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता जुन ३० भित्र पारित गर्नुपर्ने थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैको विवादका कारण संसदमा छलफल समेत हुन सकेको छैन ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्