भाेजपुरका पहिराे पिडीत सहयाेगकाे पर्खाइमा


 


bhojpur-pahiroभाेजपुर, असाेज ११

लगातारका बर्षाका कारण केही दिन यता निरन्तर पहिरो गइरहेकाे शिद्धेश्वर ८ का स्थानीयले राहत तथा उद्धारको याचना गरेका छन् । स्थानीय अगुवा मिलन भण्डारीको अगुवाईमा मंगलबार जिल्लास्थित सारोकारवाला निकायमा राहत तथा उद्धारका लागि पहल  गर्न माग गरेका हुन् ।

स्थानीयले पहिरोका कारण विस्थापित परिवारको पुनस्थापना गरिनु पर्ने, राहत उपलव्ध गराइनु पर्ने र पहिरो नियन्त्रणका लागि तत्काल पहल गरिनु पर्ने भन्दै जिल्ला दैवीक प्रकोप उद्धार समिति, जिल्ला विकास समति, रेडक्रस, र भू-संरक्षण कार्यालय समक्ष माग गरेका हुन्। २०१८ सालबाट पटक-पटक पहिरो जान थालेको सिद्धेश्वर भण्डारी गाउँको ठुलो पहिरो केही दिन देखी निरन्तर जान थालेको छ ।

२०४५,०५८ र ०६३ सालमा बगेर रोकिएको पहिरो १० बर्ष पछि फेरी बग्न थालेको हो । करिव १२ सय रोपनी जमिन बग्न थालेपछि १३ घर परिवार विस्थापित हुने अवस्थामा रहेकोले तत्काल पुनस्थापना गरी राहात उपलव्ध गराउनु पर्ने स्थानीय अगुवा मिलन भण्डारीले जानकारी दिए ।

pahiro

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्