९ जिल्लामा सार्वजनिक बिदा


 


काठमाडौं, असार १५
कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) सार्वजनिक दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्