अमेरिकामा कोरोना भाइरसको संक्रमण दर बढ्दै


 


काठमाडाैँ, असार १५
कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३६ हजार ११९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ३२ हजार ६५६ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख २८ हजार ४१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ९० हजार ४६८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख १३ हजार ७७६ जनामध्ये १५ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्