पाकिस्तानमा हुने सार्क सम्मेलन भारतले बहिस्कार गर्ने


 


काठमाडाैं, असाेज ११

भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको १९ औं सार्क शिखर सम्मेलनमा भाग नलिने भएको छ । भारतीय विदेश मन्त्रालयको प्रवक्ता विकास स्वरुपले अन्तरदेशिय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने ट्विट गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले भनेको छ – एउटा देशले तयार गरेको वातावरणका कारण इस्लामावादमा हुने सार्क सम्मेलनमा सहभागि हुने अवस्था रहेन। भारत यस क्षेत्रको सहयोग, सम्पर्क र सम्बन्ध प्रतिबद्ध छ। तर यी सबै विषय तबमात्र अगाडि बढ्न सक्छन् जब आतंक रहित स्वच्छ वातावरण हुन्छ। यस्तो अवस्थामा भारत इस्लामावादमा हुने सम्मेलनमा सहभागि हुन सक्दैन।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सार्कका अन्य राष्ट्रहरुको इस्लामावाद सम्म्लनमा सहभागिताको विषयमा ‘रिजर्वेशन’ रहको आफूले पाएको जनाएको छ। तर कुन कुन राष्ट्र भन्ने विषयमा भने भारतले खुलाएको छैन।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्