अमेरिकामा फेरि ह्वात्तै बढ्याे कोरोना संक्रमण


 


काठमाडौं, असार १४
कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५०५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ७८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १३ लाख ८८ हजार २०० जनामध्ये १५ हजार ७७७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्