अमेरिकामा स्थिति भयावह, कोरोना संक्रमण कम नभएपछि फेरि लकडाउन


 



एजेन्सी
अमेरिकामा कोरोना भाइरस संक्रमणले स्थिति भयावह भएको छ । संक्रमण दरमा कमी नआएपछि रोकथामका लागि देशका केही शहरमा फेरि लकडाउन गरिएको छ ।

त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।

फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएको हो।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्