नेपाल छिर्यो सलहको बथान, कृषि मन्त्रालयले थाल्यो अनुसन्धान


 



काठमाडौं, असार १३
अफ्रिकाबाट पाकिस्तान हुँदै भारत भारत आएको सलहको एउटा बथान नेपाल छिरेको छ।

भारतको बिहार हुँदै सलहको बथान बारा जिल्लामा देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ। यसबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

प्रकोपकै रुपमा रहेको सलह फट्याङग्राहरूको बथानले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोडसम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्। यो किराको बथानले ३५ हजार मानिसले खाने बराबरको खाना खाइदिन सक्छ ।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्